skip this

पर्यटनमन्त्री किराँतीले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।उनले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिएका छन् । उनले ‘अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जीन्दगीभर सम्झिन बताएका छन् ।

मन्त्री किराँतीले शौचालयमा काम गर्नेको सुविधा बढाइदिन र , कामअनुसार ड्रेस तयार गर्न निर्देशन दिएका छन् । त्यस्तै विमानस्थलको शौचालयले सन्देश दिने उनको भनाइ थियो। विमानस्थलको शौचालय हेरेर स्थानीय तहले पनि राम्रो शौचालय बनाउन सक्ने उनले बताएका छन्। स्थानीय तहका प्रमुख तथा उपप्रमुख विमानस्थल आउँदा सफा शौचालय देख्ने र आफ्नो ठाउँमा पनि त्यस्तै शौचालय बनाउने मन्त्री किराँतीको भनाइ थियो।उनले नेपालका विमानस्थललाई कमजोर सुरक्षाका दृष्टिले किन हेरिन्छ भन्नेबारे विवरण आफूलाई चाहिएको बताएका छन्।

nijgadh-supermart-adz1200-630