सभापति लामिछाने र नेता पौडेलबीच भेटवार्ता, राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा
वि.सं.२०७९ फागुन १३ शनिवार १३:४२

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल सभापति लामिछानेलाई भेट्न उनको निवास हात्तिगौंडा गुगेका हुन । राष्ट्रपतिमा आफूलाई समर्थन गर्न भेटमा पौडेलले रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका छन् ।नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । राप्रपाबाट मन्त्रिपरिषदमा अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नेता ध्रुवबहादुर प्रधान, ऊर्जा राज्यमन्त्री नेता दीपकबहादुर सिंहले आज बुझाएका हुन् ।
वि.सं.२०७९ फागुन १३ शनिवार १३:४२

















