skip this

पुस १८ र १९ गते जसपा नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पुस १८ र १९ गते जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै छ । जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका।

बस्नेतका अनुसार बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समिक्षा, विधान अधिवेशन, पार्टी संगठन तथा आगामी कार्यदिशाको बारेमा छलफल हुनेछ।जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ सिट जितेको छ।

nijgadh-supermart-adz1200-630