कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जना मृत्यु
वि.सं.२०७९ साउन ३ मंगलवार ०९:४१
915
shares

काठमाडौं । सोमबार बेलुका कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।भीमदत्त नगरपालिका–९ का रमेश धामीको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो।
धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
वि.सं.२०७९ साउन ३ मंगलवार ०९:४१
















