skip this farak Kura Pravakar

काभ्रेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक जना घाइते

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि एक जना घाइते भएका छन् ।रोशी गाउँपालिका–११ डालाबेशीमा मोटरसाइकल दुर्घटना भएको हो ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा७०प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका–५ का १९ वर्षीय मिलन मग्रातीको मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा भएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630