काठमाडौं–तराई/मधेश द्रुतमार्गका लागि नेपाली सेनाले माग्यो ४ जना इन्जिनियर
वि.सं.२०७८ चैत ६ आइतवार १७:३६

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि करारमा कर्मचारी माग गरेको छ ।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना जंगी अड्डाले आइतबार एक सूचना जारी गर्दै ४ जना इन्जिनियरसहित ६ जना कर्मचारी माग गरेको हो ।
सडक आयोजना जंगी अड्डाका अनुसार आयोजनाका लागि दुई जना ब्रिजस्ट्रक्चर डिजाइन इन्जिनियर, दुई जना टनेल इन्जिनियर र दुई जना हेरालु माग गरेको हो ।
खुल्ला प्रतिष्पर्धाबाट करार सेवामा नियुक्ति गर्नका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजना कार्यालय जंगी अड्डा, बाराको निजगढस्थित निर्माण कार्यदल बेसक्याम्प र आयोजनाको कार्यालयको इमेलमार्फत पनि आवेदन दिन सक्ने आयोजनाले जनाएको छ ।
हेर्नुहोस् सूचनाः

वि.सं.२०७८ चैत ६ आइतवार १७:३६

















