नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरको ५९ औं जन्मजयन्ती तथा अभिभावक दिवस सम्पन्न

वि.सं.२०८१ माघ १० बिहीवार २०:३५

निजगढ–बाराको निजगढ–११ रतनपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको विहीबार ५९ औं जन्मजयन्ती तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
जन्मजयन्ती तथा अभिभावक दिवसको बारा क्षेत्र नं. १ का संघीय सांसद अच्यूतप्रसाद मैनालीले उद्घाटन गरेका छन् ।
जन्मजयन्ती उद्घाटन समारोहलाई संघीय सांसद मैनाली, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, निजगढ ११ नं. वडाका वडा अध्यक्ष सहईया गुरो, सार्वजनिक माध्यमिक विद्यालय बागदेवका प्रधानाध्यापक हस्तबहादुर लामा, समाजसेवी तिलक घलान लगायतले सम्बोधन गरेका छन् ।
कार्यक्रममा ११ नं. वडाका वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका व्यवस्थापन समिति सदस्य, पूर्व अध्यक्ष, छिमेकी विद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादवले शैक्षिक गतिविधि तथा आगामी योजना प्रस्तुत गरेका थिए भने लेखापाल सञ्जय गुरोले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक इन्द्रदेव यादव र स्वागत दिनेश गुरोले गरेका थिए ।
कार्यक्रममा दुई जना सचेत अभिभावक, वार्षिक परीक्षामा सर्वोकृष्ट विद्यार्थी र तीन जना अनुशासित विद्यार्थीलाई सम्मान गरिएको छ ।

वि.सं.२०८१ माघ १० बिहीवार २०:३५