विर्तामोडमा अटो चालकको हत्या
वि.सं.२०७८ भदौ २० आइतवार १८:०३
600
shares
झापा : झापाको विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।
उनी अटो चालक हुन् । टाउको, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबाको हत्या गरेर भागेको प्रहरीसँग बताएका छन् । सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर उनको हत्या गरेको र त्यसपछि आफ्नो नौ वर्षीय छोरालाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी दिएकाले उनको खोजी भइरहेको प्रवक्ता थापाको भनाइ छ ।
वि.सं.२०७८ भदौ २० आइतवार १८:०३