skip this farak Kura Pravakar

सल्यानमा बस दुर्घटना, ७ जना घाइते

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सल्यान । सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा सात जान घाइते भएका छन् ।

सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रु बस बागचौर नगरपालिका- २ शारदा खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर घाइते भएका सात जना मध्ये ४ लाई थप उपचारका लागि जिल्ला बाहिर रुफर गरिएको छ । तीन जनाको अवस्था भने सामान्य भएको उनीहरुको थारमारे स्थित जनप्रिय अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटना भएको ठाउँमा टिप्पर दुर्घटना भएको थियो। बाटो साँघुरो देखेपछि बसका चालक गाडीलाई रोकेर बाहिर निस्केको बेला बस गुडेर तल खसेको हो ।

nijgadh-supermart-adz1200-630