घाेप्टेभिरकाे पहिराे हटाइयाे, दुइतर्फि यातायात सञ्चालन (भिडियोसहित)

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५
1.15K
shares

काठमाडौं : चितवनको इच्छाकामनामा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएकाे छ ।
इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियाे ।
केहिबेर अघि पहिरो पन्छाउने काम सकिएसंगै यातायात सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीको अनुसार बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियाे । ठूलो पहिरो खसेका कारण पन्छाउन धेरै समय लागेकाे थियाे ।
गन्तव्यमा हिँडेका सवारी साधन पहिरो खसेपछि रोकिएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको थियाे । लेन अनुशासन ताेडेर ओभरटेग गर्ने सवारीसाधनलाई कारबाही समेत गरेकाे छ ।
हेर्नुस् भिडियो

वि.सं.२०७८ असोज ६ बुधवार १५:३५