वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

वि.सं.२०७८ असोज ६ बुधवार १५:४८
768
shares

काठमाडौं : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयमा एकजनाले आगजनी गरेका छन् ।
सोही वडाका वास्ताम लामिछानेले बुधबार वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ । उनले पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगराम सुनारले जनाएका छन् ।
आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ । वडाध्यक्ष कार्यकक्षमा नभएको मौकामा आगजनी गरिएको हो ।
आगजनीपछि प्रहरी घटनास्थल पुगेको छ । मेयर देवकुमार सुबेदी पनि घटनास्थल पुगेका छन् ।

वि.सं.२०७८ असोज ६ बुधवार १५:४८