skip this farak Kura Pravakar

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार राति बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको हो ।
   कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सबै विषयमा छलफल भए पनि टुंगोमा नपुगेको बताए । ‘छलफल उही हो, कसरी सरकार र गठबन्धनलाई अघि बढाउन सकिन्छ भन्नेमै केन्द्रित भयो,’ उनले भने, ‘तर ठोस सहमति केही पनि भएन ।’
   महामन्त्री खड्काका अनुसार संसद् सञ्चालन र सरकारले पेस गर्न लागेको विधेयकका विषयमा भने आंशिक रुपमा सहमति जुटेको छ ।
   यसअघि मंगलबार बसेको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो । सोही सहमति अनुसार बुधबार खड्का परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।
    बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी भएका थिए।

nera mabi laal
nijgadh-supermart-adz1200-630