सत्तारुढ गठबन्धनमा मन्त्री छान्न सकस, आज पनि बैठक

वि.सं.२०७८ असोज ७ बिहीवार ०७:३६

काठमाडौँ : सरकार गठनको ७० दिन नाघिसक्दासमेत शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रीको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । सरकार विस्तारलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला गठबन्धनमा रहेका दलहरु बैठकमा जुटेका छन् । तर सहमती भइनसकेको बताउँदै आएका छन् ।
यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि कुनै निस्कर्ष निकाल्न सकेको थिएन ।
आज (बिहीबार) अपरान्ह पनि बैठक बस्ने भएको छ । बुधबारको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डाक्टर बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।

वि.सं.२०७८ असोज ७ बिहीवार ०७:३६