राष्ट्रपतिद्वारा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज
वि.सं.२०७८ असोज ११ सोमवार २१:०५
1.04K
shares
काठमाडौँ : सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
वि.सं.२०७८ असोज ११ सोमवार २१:०५