skip this

आजको मौसम : न्यून चापीय प्रणालीको प्रभाव

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागमा एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको आकलन महाशाखाले गरेको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

nijgadh-supermart-adz1200-630