skip this hetauda tech

गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कारबाट ७ जना पत्रकार सम्मानित

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा.लि.को सेवा विस्तार

972 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा.लि. ले बुधबार राजधानीमा ७ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार, २०७९ द्धारा सम्मानित गरिएको छ ।

देश र जनताको सेवामा सूचना तथा सञ्चारको माध्यमबाट आवाज बुलन्द गरेर योगदान पु¥याए वापत नगद पुरस्कार तथा सम्मान पत्रद्धारा सम्मानित गरिएको हो ।

पुरस्कार प्राप्त गर्नेमा राधा चालिसे–गोरखापत्र, कृष्ण भुषाल–हिमालय टाइम्स, शम्भु ढुङ्गाना–नयाँ पत्रिका, विद्या राई–कान्तिपुर दैनिक, गीता अधिकारी–मिलाप मासिक पत्रिका, भूमिकला पौडेल–अपाङ्गता सञ्चारकर्मी र दिपेन्द्र प्रकाश के.सी.–क्रियटिभ खबर रहेका छन् ।

यसका साथै सोही अवसरमा विभिन्न क्षेत्रका २० जना व्यक्तित्वहरूलाई पनि सम्मान पत्रद्धारा सम्मानित गरिएको छ ।

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा.लि. को सेवा विस्तार उद्घोषणाको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमको समुद्घाटन वरिष्ठ शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गरेका थिए ।

आत्रेय एग्जिस्टेन्स म्यानेजमेन्ट एण्ड काउन्सिलिङ्ग सर्भिसेज प्रा.लि.का अध्यक्ष तथा प्रवन्ध निर्देशक तथा डि.पी. आत्रेयका सभापतित्वमा कार्यक्रम भएको हाे ।

अस्तित्व व्यवस्थापन शास्त्रको माध्यमबाट अनौपचारिक रूपमा लामो समय देखि आफ्नो कम्पनीले सेवा दिइरहेको जानकारी दिदै उनले हाल आएर यसलाई औपचारिकता प्रदान गरी सेवा विस्तार गरेको र सोही अवसरमा समाजमा योगदान गरेका व्यक्तित्वहरूलाई पनि सम्मान गर्ने सोचले यस कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा कम्पनीले विभिन्न ४२ प्रकारका मानवीय समस्या र जटिलताको प्राथमिक कारणलाई समाधान गर्न सेवाग्राहीलाई सल्लाह, सुझाव, परामर्श, ज्ञान, उपाय तथा उपचारद्धारा सेवा प्रदान गर्ने जानकारी दिइएको छ ।

nijgadh-supermart-adz1200-630