skip this farak Kura Pravakar

सिडिओमार्फत अनलाइन दर्ता, कानून संसदबाट पास भइसकेको हो : मन्त्री गुरुङ

816 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यम दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले संसदले नै पास गरेर कानून बनेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालय (सिडिओ) मार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताए।

उनले नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उल्लेख गर्दै, “केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभई कानून मन्त्रालयको हो,” भन्ने स्पष्टिकरण समेत दिए।

सरकारले हालै केही नेपाल ऐन संशोधनमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा नयाँ व्यवस्था थप गरेसँगै अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया अब जिल्ला प्रशासन कार्यालयमार्फत हुने भएको हो।

nijgadh-supermart-adz1200-630