skip this farak Kura Pravakar

निजगढ हाट बजारमा खसी बाख्रा व्यवस्थापनमा खटिए जनप्रतिनिधि

4.89K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढको हाट बजार खसी, बोका र बाख्राको विक्रि वितरणको मध्यतराईकै मुख्य केन्द्र हो ।

हप्तामा दुई दिन आईतबार र बुधबार लाग्ने हाट बजारमा बारा, पर्सा र रौतहट लगायतका जिल्लाबाट समेत खसी, बोका खरिद गर्न निजगढ आउने भएकाले राजमार्ग निकै भिडभाड देखिन्छ ।

केहि वर्षअघि हाट बजार राजमार्गसँगै हाट बजार सञ्चालन हुने गरेकोमा सवारी दुर्घटना बढेपछि केहि मिटरभित्र जग्गा भाडामा लिएर हाट बजार व्यवस्थापन गरिएको थियो ।

हाट बजार राजमार्गबाट भित्र सरेपनि खसी, बोकाको व्यापार भने राजमार्ग छेउमै हुने क्रम रोकिएन् । जसले राजमार्ग छेउमा हुने भिडभाड रोकिएन । दुर्घटनाको जोखिमसँगै बजार छिर्न समेत समस्या हुने गरेको छ ।

सडकमा निषेधित क्षेत्र घोषणा

हाट बजारमा नै खसी, बोकाको बजार व्यवस्थापन गर्न निजगढ वडा नं. ८ को कार्यालयले पहल सुरु गरेको छ ।

सडकमै व्यापार हुँदा दुर्घटना हुने जोखिम उच्च हुने भन्दै सडक छेउमा खसी/बाख्रा बिक्री वितरण निषेधित क्षेत्र घोषणा गर्‍यो।

वडा अध्यक्ष स्वर्ण लामाले एक सूचना जारी गर्दै तोकिएको ठाउँबाहेक अन्यत्र बिक्रीवितरण नगर्न अनुरोध गरे । ‘वडाका भित्री सडकमा खसी/बाख्रा बिक्रीवितरण गरिरहेको पाईएकोले असोज १४ गते देखि हाटबजार क्षेत्र भित्रको आँपको गाछी मुनि मात्र बिक्रीवितरण गर्न अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

व्यवस्थापनमा जुटे जनप्रतिनिधि

यस वर्षको दशैँ नजिकिएसँगै खसी÷बाख्रा बिक्री वितरण ह्वात्तै बढ्ने भएपछि वडा कार्यालयले आईतबारको निर्णय कार्यान्वयनमा जुटेका छन् ।

सूचना जारी गरेपनि सडकमै व्यापार भएको पाईएपछि विहानै वडाका जनप्रतिनिधि आफै बाख्रा बजार लाई बजार भित्र व्यवस्थापनमा खटिए ।

वडा अध्यक्ष लामा, वडा सदस्य प्रेम बहादुर घिमिरे, शालिकाराम ढुङगाना उपस्थित भई खसी बाख्रा बजार राजमार्गको आसपासमा लाग्दै गर्दै आएको खसी, बाख्रा बजारलाई बजार भित्र व्यवस्थापन गर्न खटिएका हुन् ।

राजमार्गको आसपासमा विक्रि वितरण गरिरहेका खसी, बोका उनीहरुले किसान र व्यापारी अनुरोध गरे र आफैले धबाएर हाट बजारमा पुर्‍याएका थिए ।

nijgadh-supermart-adz1200-630