गौरीशंकर क्याम्पस निजगढको स्ववियूको पदाधिकारी तथा सदस्यले लिए सपथ
वि.सं.२०८१ चैत १९ मंगलवार १८:२४

बारा–बाराको निजगढ–९ स्थित गौरीशंकर क्याम्पसको स्ववियूको पदाधिकारी तथा सदस्यले सपथ लिएका छन् ।
क्याम्पसको शभाहलमा भएको एक कार्यक्रमका विच चैत ५ गते भएको स्ववियू निर्वाचनका विजयी स्ववियु पदाधिकारी तथा सदस्यको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, पूर्व मेयर सुरेशकुमार खनाल, निजगढ क्याम्पस स्ववियु सभापति बालकृष्ण हुमागाइ, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिका ९ नं. वडा अध्यक्ष रामचन्द्र कटुवाल, नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, नेकपा (एमाले) निजगढ नगर सचिव तिलक घलान, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका संस्थापक सभापति रामहरी खरेल, नेकपा (एकीकृत समाजवादी) का निजगढ नगर अध्यक्ष भिमप्रसाद सापकोटा, जनमत पार्टी निजगढ नगर अध्यक्ष मोजहर मन्सुरले बधाई ज्ञापन गरेका थिए ।
त्यस्तै पुर्व विद्यार्थी समाजका अध्यक्ष केदार खरेल, क्याम्पस विद्यार्थी इकाई समितिका दावा लामा, युनिक न्यौपाने, उज्वल प्रसाईले शुभकामना मन्तव्य गरेका थिए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य रामकुमार शर्मा, मनोज रेग्मी, मानबहादुर श्रेष्ठ, प्रलात तिमल्सिना, रविकुमार बर्तौला, प्रधानाध्यापक बद्रीनारायण झालगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन मण्डलका प्रमुख गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रध्यापक सागर दाहालले गरेका थिए ।

वि.सं.२०८१ चैत १९ मंगलवार १८:२४