पाल्पामा अटो र जिप ठोक्किदा एकको मृत्यु, तीन घाइते
वि.सं.२०७९ साउन २१ शनिवार १२:३४

पाल्पा । पाल्पाको रामपुरमा अटो र जिप ठोक्किए एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । निस्दी गाउँपालिका–२, सहलकोटका अटो चालक ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा आज निधन भएको छ । रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
रामपुरको बेझाँड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाँड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको पजप ठोक्किएको हो । दुर्घटनामा रामपुर नगरपालिका–३, ओइरेघाटका ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकै छोरी १० वर्षीया अञ्जली थापा क्षेत्री र १२ वर्षीया पुष्पा थापा क्षेत्री घाइते भएका हुन् ।सुरेन्द्र र अन्जलीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ साउन २१ शनिवार १२:३४

















