skip this

काँग्रेसका भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउने छन्–प्रदिप पौडेल

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले बताएका छन् ।आज चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानी गदै नेता पौडेलले टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउने सम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपने जिबिर गरेका छन् । देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने नेता पौडेलको भनाई थियो ।

नेता पौडेलले फरक प्रसंगमा बोल्दै काँग्रेसका भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउने बताए । उनले तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए ।

nijgadh-supermart-adz1200-630