skip this farak Kura Pravakar

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका पाण्डे र प्रदेश सभामा शाही निर्वाचित

885 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।उनी आज बिहान ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

त्यस्तै बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत पाए । ८३४ मत बदर भएको छ ।

प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाए ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायम छ । पाण्डेले २६ हजार ९८६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार २०८ मत पाएका छन् । उनीहरुबीच ३ हजार ७७८ मतको अन्तर छ ।

nijgadh-supermart-adz1200-630