skip this farak Kura Pravakar

बुथ कब्जा गरेर जित्न सफल भएकोमा धनराजलाई बधाई छ – पद्मा अर्याल

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले युवा जनशक्ति प्रयोग गरेर केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएकोमा बधाई दिएकी छन् । आज सामाजिक सञ्जालमा बधाई दिँदै तीब्र आलोचना समेछ गरेकी छिन् ।

कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्वीकार्ने बताएकी छन् । उनले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् ।मंसिर ४ को निर्वाचनमा बुथ कब्जा भएको प्रमाण भएको, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको अर्यालको भनाई छ ।

त्यही मुद्दा उठाउँदै अर्यालले पुनः मतदानको माग गरेकी थिइन् । तर निर्वाचन आयोगले पुनः मतदानको माग अस्वीकार गर्दै मतगणना जारी राख्न निर्देशन दिएको थियो । शनिबार रातिको अन्तिम मत परिणाम अनुसार गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुुसार निर्वाचित भएका धनराज गुरुङले ३१ हजार ४६६ र पद्मा अर्यालले २५ हजार ८३९ मत पाएका छन् ।

अर्यालले सामाजिक सञ्जालमा लेखेकी छन् ,आगामी दिन लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवं सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्‍याउन सक्नुहोस् । न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुप्रयोग गरि प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न । ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’

nijgadh-supermart-adz1200-630