जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष गर्न पाएका छैनन् –गणेशप्रसाद तिमिल्सिना
वि.सं.२०७९ जेठ १५ आइतवार ०८:३४
kf]v/f, @) dªl;/ . k|b]z;ef ;lrjfno u08sL k|b]zsf] cfof]hgf / ;+;b ;xof]u kl/of]hgf ;+o'Qm /fi6«;+3Lo ljsf; sfo{qmdsf] ;xsfo{df kf]v/fdf z'qmaf/b]lv ;'? b'O{ lbj;Lo cGt/;ef cg'ej cfbfgk|bfg tyf cGtlqm{ofdf dGtJo JoQm ub}{ /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/ M xl/ af:tf]nf÷/f;;
काठमाडौं । संविधानले परिकल्पना गरेका विषयहरूलाई कार्यान्वयन गर्न सकेमा मात्र संघीयता र गणतन्त्र बलियो हुने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाई छ । यसका लागि अध्यक्ष तिमिल्सिनाले सरकार र सम्बद्ध सबै पक्षलाई ध्यानाकर्षण पनि गराएका छन्।
अध्यक्ष तिमिल्सिनाले १५औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र स्थापना भएको डेढ दशक भएपनि जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष भने गर्न नपाएको बताएका छन्। ‘गणतन्त्र स्थापना भएको करिब डेढ दशकको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले आर्थिक, सामाजिक परिवर्तनको पूर्ण आभाष गर्न नपाएको उनको भनाई छ ।
नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले सार्वभौमसत्ता र राजकीयसत्ता पूर्ण रूपमा जनतामा स्थापित गरेको तिमिल्सिनाले बताएका छन्।
२०६२–६३ को जनआन्दोलनको परिणाम स्वरूप जननिर्वाचित संविधानसभाद्वारा राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै जनताको शासन सुनिश्चित गरेको यस दिन शासकीय व्यवस्थाको परिवर्तन मात्र नभई मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको लागि एउटा ऐतिहासिक दिन रहेको उनको भनाइ छ।
वि.सं.२०७९ जेठ १५ आइतवार ०८:३४

















