सिअहेव झालाई विभागीय कारबाही गर्नु नपर्ने हो ? भन्दै जीतपुरसिमरा उपमहानगरले सोध्यो स्पष्टिकरण

वि.सं.२०८० मंसिर ६ बुधवार २०:४५

बारा–आचरण विपरित अभिव्यक्ति दिएपछि बाराको जीतपुर स्वास्थ्य चौकीका सिअहेव प्रविन कुमार झालाई स्पष्टिकरण सोधिएको छ ।
जीतपुरसिमरा उपमहानगरले विभागीय कारबाही गर्नु नपर्ने हो ? भन्दै सिअहेव झालाई २४ घण्टे स्पष्टिकरण सोधेको हो ।
सिअहेव झाले स्थानीय एक अनलाईन न्यूज पोर्टललाई भिडियो अन्तर्वातामा जीतपुरको बर्थिङ्ग सेन्टर बन्द गरी दिने, स्वास्थ्य संस्था बन्द गरी दिए हुन्छ, कर्मचारी खटन–पटन जस्ता विषयमा स्थानीय सरकार र स्वास्थ्य संस्था प्रति आम जनमानसलाई भ्रमित पार्ने गैर जिम्मेवारीपूर्ण दिएकाले स्पष्टिकरण सोधेको उपमहानगरपालिका स्रोतले जनाएको छ ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ५६, निजामती सेवा ऐन, २०४९ को दफा ४५ र ४६ तथा राष्ट्रसेवक कर्मचारीको आचरण विपरित अभिव्यक्ति दिएकाले के कति कारणले विभागीय कारबाही गर्नु नपर्ने हो ? भन्दै सोधिएको स्पष्टिकरणको कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिईएको हो ।

वि.सं.२०८० मंसिर ६ बुधवार २०:४५