कीभमा भएको हेलिकप्टर दुर्घटना युद्धको समयमा नभएको राष्ट्रपति जेलेनेस्की दाबी
वि.सं.२०७९ माघ ५ बिहीवार ०९:१५
636
shares

काठमाडौं । राजधानी कीभमा भएको हेलिकप्टर दुर्घटनालाई युद्धको समयमा नभएको भएको युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीले बताएका छन्। बुधबार भएको हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ जनाको ज्यान गएको छ ।
हेलिकप्टर दुर्घटनाबारे विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै जेलेनेस्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको स्पष्ट पारेका छन्।युक्रेनले यस घटनामा रूसको संलग्नता नरहेको समेत उनले बताएका छन्। तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धकै परिणाम भएको स्मरण गराएका छन्।राष्ट्रपति जेलेन्स्कीले घटनालाई ‘कालो बिहान’ बताउँदै मृत्यु भएका मन्त्रीहरू साँच्चिकै देशभक्त भएको बताएका छन्।
वि.सं.२०७९ माघ ५ बिहीवार ०९:१५

















