skip this

६ जना एसपीको काज सरुवा

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ ।

तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा विरेन्द्र शाही र बर्दियामा कृष्ण पंगेनी पुगेका छन् ।

चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ ।

nijgadh-supermart-adz1200-630