skip this farak Kura Pravakar

यौन खेलौना : सभासददेखि कलाकारसम्म नियमित ग्राहक

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । समीर बोहोराले काठमाडौं पुरानो बसपार्कमा ११ वर्षअघि कान्तिपुर कण्डम हाउसको स्थापना गर्ने बेलामा बजारमा खुलेर कण्डम बेच्नै कठिन थियो । कण्डम बेच्न समस्या त होइन, तर खरिद गर्न आउनेहरु निकै संकोच मान्थे । त्यस्तो अवस्थामा सहजै व्यापार हुन कठिन थियो । अहिलेको खुला सोच विकास भइसकेको समाजमा त मान्छेले खुलमखुल्ला कण्डम किन्न लजाउने अवस्था छ भने ११ वर्षअघिको समय कस्तो थियो होला त्यतिबेलाको चुनौतीपूर्ण बजारमा जोखिम मोलेर कण्डम हाउस खोलेको सञ्चालक बोहोरा बताउँछन् ।

समाज बिस्तारै खुल्दै थियो । मान्छेले कृत्रिम यौन सम्पर्कका साधनहरुको खोजी गर्न थाले । उपभोक्ताको चाहना र आकर्षण बुझेपछि धेरै वर्ष कण्डम मात्रै बेचेकाहरुले पनि यौन खेलौना थप्न थाले । बोहोरा पनि बजार बिस्तारको लागि नभई ग्राहकहरुको आग्रहमा यौन खेलौना बिक्री गर्न थालेको बताउँछन् । यौन खेलौनाको बजार अहिले बिस्तारै बढिरहेको छ । यसको पछि चारवटा कारण रहेको बोहोराको बुझाइ छ ।

पहिलो, पछिल्लो समय यौनको बारेमा बजार खुल्दै गयो । यो कुनै आडम्बर र अपराध नभएर प्राकृतिक कुरा हो भन्नेमा सहमत हुनेहरु बढ्दै गए । दोस्रो, यस्तो सामग्रीले मान्छेको यौन कुण्ठा मेटाउँछ भने जो पायो ऊसँग सम्पर्क गर्दा अनेक रोगहरु निम्तिने जोखिम पनि कम गर्छ । तेस्रो, वैदेशिक रोजगारीमा गएकाहरुले श्रीमान श्रीमतीलाई होस् या आफैंलाई पनि यौन कुण्ठाका कारण दुर्घटना नहोस् भनेर यस्ता खेलौनाहरु किन्न थाले । चौथो, महिला तथा पुरुष साथी राखेर आफैँलाई अर्कोसँग समर्पित गर्नेभन्दा खुल्ला तरिकाले बाँच्न चाहने महिला तथा पुरुषले पनि अपनाउन थाले ।

पसलमा आएर यस्ता सामग्रीहरु कमैले खरिद गर्ने गर्छन् । बरु अनलाइनबाट यस्ता सामग्री खरिद गर्नेहरु बढी हुन्छन् । यस्तो गर्दा मान्छेले आफ्नो परिचय लुकाउन चाहन्छन् । बबरमहलमा एउटा कार्यालय लिएर अनलाइन यौन खेलौना बिक्री गर्दै आएका सुदूरपश्चिम प्रदेशका सन्दिप चौधरी दोस्रो संविधानसभाकी एक सभासद नियमित यौन खेलौना लिन आउने गरेको सुनाउँछन् । त्यस्तै, अर्की एक लोक दोहोरी गायिकाले पनि सोही पसलमा नियमित अनलाइनबाट यौन खेलौना मगाउने गरेको उनी सुनाउँछन् । तर उनले पनि आफूले लगेको सामग्रीबारे कसैलाई पनि जानकारी नदिन आग्रह गर्छिन् । यी सांसद र कलाकार जस्तै अरु धेरै नियमित ग्राहकहरु छन् । उनीहरु हरेकपटक फरक–फरक यौन खेलौना किन्छन् तर आफ्नो पहिचान बताउन चाहँदैनन् ।

कति पर्छ मूल्य ?

बजारमा अनेक आकार र मूल्यका यौन खेलौनाहरु पाइन्छ । सामान्य खेलौना ७/८ सय रुपैयाँदेखि ७०–८० हजार रुपैयाँसम्म पर्ने गर्छ । यसमा महिला वा पुरुष अंग रहने गरेका छन् । ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम बजारमा पाइन्छन् । १० रुपैयाँदेखि तीन हजारसम्म एउटै कण्डमको मूल्य पर्छ । शीघ्र स्खलन रोक्ने, स्किनलेस विशेषता भएका विभिन्न साइजका कण्डमदेखि पुनः प्रयोग गर्न सकिने खालका कण्डमसम्म बजारमा पाउने गरिन्छ । त्यस्तो त, एउटा फुल बडीलाई ७० देखि ८० हजार रुपैयाँसम्म पर्ने गरेको सञ्चालकहरु बताउँछन् ।

nijgadh-supermart-adz1200-630