बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

वि.सं.२०७९ फागुन १२ शुक्रवार १६:२७
204
shares

काठमाडौँ-बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार सूर्यविनायक नगरपालिका–८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ विसिङखर घर भएका २८ वर्षीय पविन तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौँमा पठाइएको छ ।

वि.सं.२०७९ फागुन १२ शुक्रवार १६:२७