skip this

एकीकृत अखिल नेपाल शिक्षक संगठन बारा अध्यक्षमा रोशन यादव चयन

2.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-एकीकृत अखिल नेपाल शिक्षक संगठन बारा अध्यक्षमा रोशन यादव चयन भएका छन् ।

बाराको कलैयामा भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन बारा जिल्लाको चौथो अधिवेशनले यादवकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिती चयन गरेकाे हाे । समितिको उपाध्यक्ष चुडामणिा चाैलागाई, सचिवमा भुवन खड्का चयन भएका छन् ।

जिल्ला अध्यक्ष राजु अधिकारीको अध्यक्षता भएको खुल्ला सत्रमा नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य क. रविराज दंगालले व्यानर पढेर अधिवेशनको उदघाटन गरेका थिए ।

कार्यक्रमको खुल्ला सत्रमा अखिल नेपाल शिक्षक संगठन बारा अध्यक्ष सुरेन्द्र पासवान, युनियनका जिल्ला अध्यक्ष परमाहस यादव ले शुभकामना व्यक्त गर्नु भयो भने कार्यक्रम नेपाल अपांग सेवा संघ का केन्द्रिय उपाध्यक्ष धनप्रसाद बजगाई लगायत विभिन्न पालिकाबाट शिक्षकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको बन्द सत्रमा माओवादी केन्द्र केन्द्रिय सदस्य एवं बारा जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिल, केन्द्रिय सदस्य सोनाला साह, वैकल्पिक केन्द्रिय सदस्य राजन पौडेल, मधेश प्रदेश सदस्य रविराज दंगाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन मदेश प्रदेश अध्यक्ष भुपनारायण अधिकारीको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630