skip this

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट लागूऔषध ल्याएर आउँदै गरेको अवस्थामा एक जना युुवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले नेपाल-भारत सीमास्थित डोकेबजारमा स्थापना गरेको चेक प्वाइन्टबाट खटिएको टोलीले चेकजाँचका क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-६ जाई बस्ने १९ वर्षिय प्रेम ऐर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले जनाएको छ ।
उनको झोलाबाट ७८ ग्राम खैरो हिरोइन, ४ ट्यावलेट नाईट्रोभेट, दुुई वटा मोबाइल, दुुई हजार सात सय भारतीय रुपैयाँ, तीन वटा घडीलगायत बरामद गरिएको छ ।
ऐरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुुवन बस्तीको जिम्मा लगाइएको छ ।

nijgadh-supermart-adz1200-630