skip this

छाेराकाे कुटपिटबाट बाबुकाे मृत्यु, छाेरा पक्राउ

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मोरङ : माेरङमा छाेराकाे कुटपिटबाट बाबुकाे मृत्यु भएकाे छ ।
रतुवामाई नगरपालिका-९ डिपोका ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको हाे।
मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार कुटपिट गर्दा दिपनारायण गम्भीर घाइते भएका थिए ।
घाइतेको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको हो ।
पक्राउ परे अर्जुन
घटना संलग्न अर्जुनलाई प्रहरीले पक्राउ गरेकाे छ । घटनाभएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले अर्जुनलाई पक्राउ गरेको छ ।
घटनाबारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630