skip this farak Kura Pravakar

सेनाकाे गाडी र पिकअप भ्यान ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

540 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी : सप्तरीमा नेपाली सेनाको गाडी र पिकअप भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर–कंकालिनी नगरपालिका–१ भारदहको कंकालिनी मन्दिर नजिक पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको १८ नम्बर बाहिनी गाईघाटको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको नेपाली सेनाको गाडी र विपरीत दिशाबाट जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
दुर्घटनामा पिकअपका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत जमदार जीवन गिरी घाइते भएका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै गाडी र सेनाको गाडीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630