skip this

कांग्रेस गुट सन्तुलनको अस्त्र बन्लान रमेश दंगाल ?

को हुन् बारा क्षेत्र नं. १ (क) सत्तागठबन्धका उम्मेदवार रमेश दंगाल ?

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg


काठमाण्डौं–
निजगढको कांग्रेसी राजनीतिका ‘भेट्रान’ को बीचमा लफडा हुदाँ प्रायः संवादको पुल बन्ने पात्र हुन्, रमेश दंगाल ।

सक्रिय पद नबसेपनि भूमिकामा सधैं अघि देखिने रमेश व्यापारसंगै कांग्रेसी राजनीतिको पर्दापछाडी बसेर काम गर्दै आएका छन् ।

बुवा कृष्णप्रसादको आदर्शमा प्रभावित भएका रमेशको राजनीति सम्बन्ध पार्टीका स्थानीयदेखि केन्द्रसम्म छ । संकटका बेला कृष्णप्रसादले पार्टी उपसभापतिका रुपमा निजगढका कांग्रेसीलाई नेतृत्व दिएका थिए । जतिबेला कांग्रेसीको संख्या थोरै थियो ।

कम्यूनिष्टको लालकिल्लाका रुपमा रहेको निजगढका कांग्रेसीको संघर्ष नजिकबाट नियालेका रमेशका परिवार निजगढकै पुराना कांग्रेसी परिवारका रुपमा स्थापित छ । तर, कांग्रेस जोगाउन, हुर्काउन र फलाउन खटिएको त्यो परिवारले पहिलो पटक ‘टिकट’ पाएको छ । जसलाई पुरानालाई सम्मान गरेको अनुभूती अहिले त्यहाँका पुराना कांग्रेसी नेता, कार्यकर्ताले गर्न थालेका छन् ।

बुवाको साथमा छोरा रमेश दंगाल ।

रमेश पुराना कांग्रेसीको विरासत र युवा पुस्ताको फ्यूजनका रुपमा कांग्रेसीलाई एक ढिक्का बनाउने बलियो माध्यम बनेका छन् । एकले अर्काको राजनीति सिध्याउने अवस्थामा पुगेका कांग्रेसीले सन्तुलन मिलाउन रमेश दंगाल गतिलो माध्यम बन्ने कांग्रेसी नेता–कार्यकर्ताले विश्वास लिएका छन् ।

कांग्रेसका शम्भु बहादुर बुढाथोकी र सुरेश कुमार खनालको मुख्य दाबी गरेको बारा क्षेत्र नं. १ (क) मा प्रदेश सभाको प्रत्यक्षतर्फ टिकट ल्याएर ‘सप्राईज’ दिएका रमेश कांग्रेससंगै सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र लोसपाका नेता–कार्यकर्ता र स्तन्त्र मतदाताको मन जित्ने विश्वासमा छन् ।

बारा १ मा उमाकान्तकाे राेजाई रमेश दंगाल, शम्भुले पाएनन् प्रदेश टिकट !

राजनीतिलाई सेवाका रुपमा अघि बढाउने योजनामा रहेका रमेश दलिय व्यवहार नगरि विकासको नयाँ मोडल अघि बढाउने बताउँछन् । राजनीति अब जनताको समृद्धिको लागि गर्नुपर्ने भन्दै रमेशले त्यसका लागि योजना बनाएर अघि बढ्ने जनाएका छन् ।

निजगढका व्यवसायिलाई संगठित गर्ने कृष्णप्रसादको अभियानलाई छोरा रमेशले पछ्याएका छन् । बारा उद्योग वाणिज्य संघ निजगढका संस्थापक हुन्, कृष्णप्रसाद । रमेशले बारा उद्योग वाणिज्य संघ निजगढमा उपाध्यक्षको जिम्मेवारीमा बसेर काम गरेका छन् ।

nijgadh-supermart-adz1200-630