माओवादी केन्द्रले जितेकाे स्थानीय तह खेल क्षेत्रमा पनि उत्कृष्ट ! राखेपद्वारा बागमती गाउँपालिका सम्मानित
बागमती गाउँपालिका उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित
वि.सं.२०८२ भदौ १४ शनिवार ०७:५३

बारा-स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०/८१ मा देशभरकै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेकाे स्थानीय तहले उत्कृष्ट भएको चर्चा सेलाउन नपाउँदै माओवादीले नै नेतृत्व गरेको स्थानीय तह खेल क्षेत्रमा पनि उत्कृष्ट घाेषित भएको छ ।
नेकपा (माओवादी केन्द्र) मकवानपुरका संयोजक सार्केश घलानको नेतृत्वमा रहेको बागमती प्रदेशकाे बागमती गाउँपालिका खेलकुद क्षेत्रमा देशकै उत्कृष्ट बन्न सफल भएको छ।

खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को मूल्यांकन विधि अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये बागमती गाउँपालिका प्रथम घोषित भएको हो।
राष्ट्रिय खेलकुद परिषद्को ६२ औँ वार्षिकोत्सवको अवसरमा मकवानपुरको बागमती गाउँपालिका खेलकुद क्षेत्रमा उत्कृष्ट कार्य गरेको आधारमा देशकै उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित भएको छ।
छनौट समितिको निर्णयअनुसार बागमती गाउँपालिकाले खेलकुद प्रवर्द्धन, पूर्वाधार निर्माण र खेलाडीहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै परिषद्ले यस वर्षको उत्कृष्ट स्थानीय तहको सम्मान प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि खेलकुद मन्त्री तेलुलाल चौधरीले बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मन्त्री चौधरीसहित राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायत सहभागी थिए
गाउँपालिकालाई उत्कृष्ट स्थानीय तहको रूपमा छनोट गरेकोमा राष्ट्रिय खेलकुद परिषद् र छनौट समितिप्रति हार्दिक आभार व्यक्त गर्दै यसले गाउँपालिकालाई आगामी दिनमा अझ उत्साहका साथ खेलकुद क्षेत्रमा काम गर्न प्रेरणा मिल्ने बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा खेलाडी, कर्मचारी, राष्ट्रिय खेल संघ, प्रायोजक, खेलकुद पत्रकार र स्थानिय तहलाई पुरस्कृत गरेको थियाे ।
पुरस्कृतहरु :
राष्ट्रिय पुरुष/महिला टोली : खो खो सिनियर
अर्पिल राना : बक्सिङ जुनियर पुरुष
पूजा महतो : क्रिकेट जुनियर महिला
पलेशा गोबर्धन : पारा तेक्वान्दो
फणिन्द्रप्रसाद पौड्याल : सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार (प्रशासन)
भीमलाल विक : सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार (प्रशिक्षण)
प्रभा कर्माचार्य : उत्कृष्ट परिषद् सेवा पुरस्कार (प्रशासन)
तुल्सीनन्द वज्राचार्य : उत्कृष्ट परिषद् सेवा पुरस्कार (प्रशिक्षण)
बाबुकाजी श्रेष्ठ : परिषद् सेवा पुरस्कार (प्रशासन)
उषाकर्ण चौधरी : परिषद् सेवा पुरस्कार (प्रशिक्षण)
संघरत्न महर्जन : करार सेवा पुरस्कार (प्रशिक्षण)
कुशल श्रेष्ठ : करार सेवा पुरस्कार (प्रशिक्षण)
दीपिका केसी : करार सेवा पुरस्कार (प्रशासन)
दुर्गा थापा : करार सेवा पुरस्कार (प्रशासन)
अञ्जन खड्का : खेलकुद पत्रकार
लक्ष्मी शाक्य : खेलकुद पत्रकार
नेपाल क्रिकेट संघ : उत्कृष्ट राष्ट्रिय खेल संघ
नेपालय इन्टरनेसनल प्रा.लि. : उत्कृष्ट प्रायोजक
बागमती गाउँपालिका : उत्कृष्ट स्थानिय तह
वि.सं.२०८२ भदौ १४ शनिवार ०७:५३
















