skip this

सरस्वती तिवारीको गजल

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मंसिर र पुस गयो वसन्त आयो कसरी सुनाऊँ !!
गिठा भ्याकुर तरुल खानेदिन के भनी बुझाऊँ !१

न बुझ्ने छ दुनियाँ दुखीको पुकार कस्ले सुन्छ !!
को निस्स्वार्थ भन्ला महामारीमा बाँचौँ बचाऊँ ! २

कोही हिँड्छ ईश्वर खोजी चार धाम तिर्थबर्त !!
पबित्र भए देवालय यो दिल हो सबैमा बताऊँ ! ३

न खाना न नाना सडकको छ बास कसैलाई !!
ईश्वरको चीत्कार हो त्यो तिनलाई गुन लगाऊँ ! ४

सुभकामना छ चाडपर्व माघे संक्राति सबैमा !!
सुख शान्ति छाओस आशिर्वाद यो नलुकाऊँ ! ५

nijgadh-supermart-adz1200-630