नेपाली सेनाको ‘सफा हिमाल अभियान’ टोलीद्वारा सगरमाथा र ल्होत्सेको सफलतापूर्वक आरोहण
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:१५
Climber tries to walk past the ladder while ascending to Mt Everest, on Monday, May 9, 2016.
काठमाडौं । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गतको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका छन् । नेपाली सेनाका सह सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले ८ हजार ८४८।८६ मिटर अग्लो सगरमाथाको आज विहान ७ः५२ मिनेट जाँदा सफल आरोहण गरेका हुन् ।
सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले आज विहान ६ः०४ बजे ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई अभियानमा अहिले जुटेको छ ।
वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:१५

















