skip this farak Kura Pravakar

बागदेव दुग्ध सहकारीका अध्यक्ष सापकोटा दुग्ध विकास बाेर्ड मधेसकाे सदस्य नियुक्त

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे निजगढ-६ स्थित बागदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटा अविरल दुग्ध विकास बाेर्ड मधेस प्रदेशकाे सदस्य नियुक्त भएका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघकाे प्रतिनिधित्व गर्दै प्रदेश दुग्ध विकास बाेर्डकाे सदस्यमा सापकोटा नियुक्त भएका हुन् । सापकाेटा संघका केन्द्रीय सचिव हुन् ।

बैशाख पहिलो साता बसेकाे संघकाे सञ्चालक समिति बैठकले बाेर्डमा प्रतिनिधिका रुपमा सापकोटालाई पठाउने निर्णय गरेकाे अध्यक्ष अम्बर बहादुर कुवरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सापकोटाले नेतृत्व गरेकाे बागदेव सहकारी जिल्लाकै अग्रणी दुग्ध सहकारी संस्था हाे ।

nijgadh-supermart-adz1200-630