skip this

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रियाद। सन् २०१८ मा विद्रोही पत्रकार जमाल खशोग्गीको हत्यामा कथित भूमिकाका लागि साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानविरुद्धको मुद्दालाई एक अमेरिकी न्यायाधीशले मंगलबार खारेज गरेका छन् ।वासिङ्टनका संघीय न्यायाधीश जोन बेट्सले सेप्टेम्बरमा साउदी अरेबियाको प्रधानमन्त्री नियुक्त भएका युवाराज मोहम्मदलाई विदेशी राष्ट्र प्रमुखको रूपमा अमेरिकी अदालतमा उन्मुक्ति प्राप्त भएको अमेरिकी सरकारको अडानलाई स्वीकार गरे ।

खशोग्गीकी विधवा ह्याटिस सेन्गिज र उनको कार्यकर्ता समूह डनद्वारा दायर गरिएको नागरिक मुद्दाले हत्याको पछाडि युवराज मोहम्मदको हात रहेको ‘बलिया’ र ‘महत्वपूर्ण’ तर्क गरेको बेट्सले बताए ।तर उनले अमेरिकी सरकारको आधिकारिक अडानलाई अस्वीकार गर्ने आफूसँग कुनै शक्ति नभएको फैसला सुनाए । नोभेम्बर १७ मा अदालतमा पेस गरिएको औपचारिक बयानमा युवाराजलाई विदेशी नेताको रूपमा उन्मुक्ति छ ।
 

nijgadh-supermart-adz1200-630