skip this farak Kura Pravakar

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

612 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र चुनावपछिको रणनीति बनाउन केन्द्रीय कार्यालयको बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो १ बजेका लागि राखिएको छ । महासचिवको संयोजकत्वमा रहेको केन्द्रीय कार्यालयमा ३ उपमहासचिव र पार्टीका ७ जना सचिव रहन्छन् ।

चुनावको अन्तिम नतिजा आइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति बनाउन बैठक बस्न लागेको हो । चुनावी नजिताको समीक्षा गर्दै बैठकले सचिवालय बैठकका एजेण्डा तय गर्नेछ । चुनावमा कुनै पार्टीले बहुमत ल्याउन नसकेको अवस्थामा नयाँ सरकार गठनबारे एमालेको धारणालाई महत्त्वपूर्ण ठानिएको छ । समानुपातिकतर्फ लोकप्रिय मत पाएको एमाले प्रत्यक्षमा ४४ सिटसहित दोस्रो ठूलो दल बनेको छ ।

nijgadh-supermart-adz1200-630