skip this

बुधबार बस्नेगरी सर्यो राष्ट्रिय सभाको बैठक

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक बुधबार बस्नेगरी सारिएको छ । आज बिहान ११ः११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिप डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

महासचिव गौतमले आज प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘मिति २०८० साल जेठ २३ गते मङ्गलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

nijgadh-supermart-adz1200-630