skip this

बारामा युवकको हत्या ! तारले खुट्टामा बाँधेकाे अवस्था शव फेला

1.37K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव भेटिएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव भेटिएको हो ।

तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

परालको भुसाले छोपेर राखेको अवस्थामा सुरजको शव भेटिएको छ । कर्तव्य गरी मारेर फालेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरीले हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका गरिएको छ । उनीहरु मोबाइल स्वीच अफ गरी फरार छन् ।

शंकास्पद व्यक्तिहरु पक्राउ नपरेसम्म घटनाबारे थप विवरण पत्ता नलाग्ने बताउँदै प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630