skip this

नयाँ सरकार गठनका लागि दलहरूलाई पुस ४ गते आह्वान गर्ने राष्ट्रपतिको तयारी

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूलाई पुस ४ गते (सोमबार ) आह्वान गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको तयारी छ ।राष्ट्रपति कार्यालयको राजनीतिक स्रोतका अनुसार राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि संसदमा उपस्थित दलहरुलाई आह्वान गर्न लागेकी छन् ।निर्वाचन आयोगले बुधबार निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिसकेको छ ।

राष्ट्रपति कार्यालयले आयोगबाट प्राप्त प्रतिवेदनको संसद सचिवालयमा पठाइसकेको छ ।नयां सरकार गठनका लागि राष्ट्रपतिले निर्वाचन आयोगबाट निर्वाचन परिणामको प्रतिवेदन बुझेको १ महिनाभित्र नयां सरकार गठन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (१) मा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था भएपनि ७२ (२) मा दलको नेता हुनै पर्ने व्यवस्था छैन । संसदमा रहेको कुनै राजनीतिक दलको सदस्य पनि प्रधानमन्त्री हुन सक्ने प्राव्धान छ ।

 

nijgadh-supermart-adz1200-630