skip this

अमेरिकी डलरको मूल्य बढ्यो ,आजको विदेशी मुद्राको विनिमय दर

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहिबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २० पैसा र विक्री दर १३२ रुपैयाँ ८० पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा विक्री दर १४० रुपैयाँ ९७ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र विक्री दर ८८ रुपैयाँ ६५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५३ पैसा, सिंगापुर डलर एकको खरिद दर ९७ रुपैयाँ ७९ पैसा र विक्री दर ९८ रुपैयाँ २४ पैसा रहेको छ। जापानी येनमा १० एकको खरिद दर १० रुपैयाँ ०४ पैसा र विक्री दर १० रुपैयाँ ०९ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९६ पैसा र बिक्री दर १९ रुपैयाँ ०४ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २९ रुपैयाँ ७९ पैसा र बिक्री दर २९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

nijgadh-supermart-adz1200-630