skip this

जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधनः रुससँग आत्मसमर्पण नगर्ने प्रतिबद्धता

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले हाँले रुससँग आत्मसमर्पण नगर्ने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन जीवित रहेको र पछि नहट्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

जेलेन्स्कीले अमेरिकी सरकार र नागरिकलाई सहयोगप्रति धन्यवाद व्यक्त गरेको बीबीसीले जनाएको छ । साथै उनले युक्रेनले आफ्नो स्वतन्त्रताका लागि लडेको युद्धमा पूर्ण विजय हासिल गरेर छाड्ने भन्दै सम्बोधन टुङ्ग्याएका थिए । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप सैन्य सहायताका रूपमा झण्डै दुई अर्ब अमेरिकी डलर दिने जानकारी गराएका थिए ।

nijgadh-supermart-adz1200-630