पहिरो खस्दा तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध
वि.सं.२०७९ साउन ४ बुधवार ०७:५७
1.31K
shares

काठमाडौं । मङ्गलबार राति परेको अविरल बर्षाका कारण पहिरो खस्दा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध छ।
सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका तनहुँले जनाएको छ । पहिरो पन्छ्याएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७९ साउन ४ बुधवार ०७:५७

















