skip this farak Kura Pravakar

यसरी गरियो निजगढमा भुसिया कुकुरको बन्ध्याकरण (हेर्नुस् भिडियो)

525 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य संचालन भएको छ ।

निजगढ नगरपालिका क्षेत्रभित्र रहेको सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण तथा भ्याक्सिनेसन सुरु गरेको हो ।

आईतबारदेखि सुरु भएको अभियान मंगलबारसम्म सञ्चालन गरिएको थियो ।

गत वर्षदेखि सञ्चालन गरिएको अभियान यो वर्ष पनि निरन्तता दिईएको हो ।

वडा नं. ६ सडकटोललाई केन्द्रित गरेर भुसिया कुकुर संकलन गरेर बन्ध्याकरण तथा रेविज विरुद्धको भ्याक्सिनेसन भएको हो ।

बन्ध्याकरण तथा रेविज विरुद्धको भ्याक्सिनेसन कार्यको निजगढ नगरपालिकाका मेयर सुरथ पुरी र ६ नं. वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतले निरीक्षण गरेका थिए ।

मेयर पुरीले अघिल्लो वर्ष दुई सय ५० वटा र यो वर्ष चार सय वटालाई बन्ध्याकरण तथा रेविज विरुद्धको भ्याक्सिनेसन गर्ने लक्ष्य रहेको बताए ।

बन्ध्याकरण तथा रेविज विरुद्धको भ्याक्सिनेसनको संयोजन नेशनल जूनोशिस एण्ड फूड हाईजिन रिसर्च सेन्टर चागल, काठमाण्डौले गरेको छ ।

अभियानमा सेन्टरकी कार्यकारी अध्यक्ष मिनु शर्माको नेतृत्वमा दुई जना डाक्टर र ८ जना प्राविधिक खटिएका छन् । सन् २००० देखि नै रेविज रोग नियन्त्रण गर्ने मुख्य लक्ष्य लिएर संस्थाले काम गरिरहेको जानकारी दिईन् ।

त्यस्तै अभियान प्रभावकारी रहेको वडा अध्यक्ष घनश्याम तिमल्सिनाले बताए । छाडा अवस्थामा रहेका कुकुरका कारण रातको समयमा हिड्न असहज भएको बताए । उनले जनस्तरबाट छाडा कुकुर मार्न आग्रह भएपनि बन्ध्याकरणको माध्यमबाट नियन्त्रण गर्ने अभियान सञ्चालन भईरहेको बताए ।

त्यस्तै निजगढ नगरपालिका पशु सेवा शाखा प्रमुख युगलकिशोर सिंहले वार्षिक कार्यक्रम अन्तर्गत अघिल्लो वर्ष पुरानो निजगढमा सञ्चालन गरिएको जानकारी दिदै यो वर्ष निजगढ ६ मा कार्यक्रम राखिएको बताए ।

उनले प्राण घाटक रेबिज रोगबाट मानविय क्षति रोक्न र पशुधन जोगाउनका लागि बन्ध्याकरण र रेबिज विरुद्धको खोप सञ्चालन गरिएको बताए ।

भिडियो :

nijgadh-supermart-adz1200-630