यस्तो छ आज बुधबारको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७८ फागुन २५ बुधवार ०७:१५
1.36K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२३ रुपैयाँ ३६ पैसा रहेको छ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ २० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १० पैसा र बिक्रीदर १६१ रुपैयाँ ८९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७८ फागुन २५ बुधवार ०७:१५


















