मकरकर सुरी हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज
वि.सं.२०७९ चैत २२ बुधवार १०:३०

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज चैत २२ गते अन्तिम दिन रहेको छ । हाइड्रोपावरले चैत १९ गतेदेखि सर्वसाधारणहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।
सो हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । यो मध्ये सामूहीक लगानी कोषमा ५ प्रतिशत अर्थात् ८० हजार कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुट्याइएको छ । साथै बाँकी १३ लाख ३७ हजार ३०२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ ।
वि.सं.२०७९ चैत २२ बुधवार १०:३०

















