वाग्मती प्रदेश सरकारलाई पूर्णता दिन निर्णायक बैठक बस्दै
वि.सं.२०७९ चैत २२ बुधवार १०:४७
816
shares

काठमाडौं । आज वाग्मती प्रदेश सरकारलाई पूर्णता दिन गठबन्धन दलहरुको निर्णायक बैठक बस्दै छ । कार्यदलका सदस्य रत्न प्रसाद ढकालले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र कार्यदलका सदस्यहरूबिच आज मन्त्रिपरिषद् पुनःगठनका लागि निर्णायक बैठक बस्न लागेको जानकारी दिएका छन्।
कार्यदलका सदस्य ढकालले सरकार गठनका लागि दलहरु सहमति नजिकमा पुगेको बताउँदै आज पुनः एक पटक छलफल गरेर भोलिसम्ममा सरकारलाई पुर्णता दिने बताए। ढकालका अनुसार मुख्यमन्त्री जम्मकट्टेलले आज नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीसँग छुट्टाछुट्टै छलफल गरेर भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए।
वि.सं.२०७९ चैत २२ बुधवार १०:४७

















